मिति २०७८/०९/०५ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलका विषय:१. पुरातत्त्व विभागको हालसम्मको कार्यप्रगति र भावी कार्ययोजनाका सम्बन्धमा ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७८ पौष ०५ गते, सोमबार ।
समयः बिहान ११:३० बजे ।
स्थानः समितिको सभाहल (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:
श्री दामोदर गौतम, महानिर्देशक, पुरातत्त्व विभाग ।