मिति २०७८/०९/१३ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


       संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलका विषय:
   १. नवनियुक्त मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूलाई बधाई तथा शुभकामना ज्ञापन ।
   २. समितिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हालसम्म दिइएका सुझाव एवं  निर्देशनहरु हस्तान्तरण ।
   ३. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा ।
   ४. विविध ।
कार्यक्रमः
मितिः २०७८ पौष १३ गते, मङ्गलबार ।
समयः दिउँसो २:०० बजे ।
स्थानः समितिको सभाहल (भवन नं.१, कोठा नं. २०२),
         संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित: 
माननीय श्री प्रेम बहादुर आले, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।