मिति २०७९/०२/१६ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय: १. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा ।
२. विविध ।
कार्यक्रमः
मितिः २०७९ जेठ १६ गते, सोमबार ।
समयः बिहान ०९:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:
१. माननीय प्रेम बहादुर आले, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
२. माननीय गोविन्द प्रसाद शर्मा (कोइराला), मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय ।