मिति २०७९/०३/०३ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


       संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय:
१. नेपालको परराष्‍ट्र नीति कार्यान्वयनका सम्बन्धमा ।
२. सम्माननीय प्रधानमन्त्रीको निकट भविष्यमा हुन गइरहेको संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा ।
३. समितिको वार्षिक प्रतिवेदनका सम्बन्धमा ।
४. विविध ।   
 
कार्यक्रम:
मितिः २०७९ असार ०३ गते, शुक्रबार ।
समयः बिहान ०९:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।

आमन्त्रित:  
१. माननीय डा. नारायण खड्का, मन्त्री, परराष्ट्र मन्त्रालय ।
२. श्री प्रभुराम शर्मा, प्रधान सेनापति, नेपाली सेना ।
३. श्री भरतराज पौड्याल, सचिव, परराष्ट्र मन्त्रालय ।
४. श्री किरणराज शर्मा, सचिव, रक्षा मन्त्रालय ।
IRC 75th Meeting (2079-03-03).pdf