मिति २०७९/०३/०५ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
छलफलका विषय:१. नेपालको परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा ।
२. सम्माननीय प्रधानमन्त्रीको निकट भविष्यमा हुन गइरहेको संयुक्त राज्य अमेरिकाको भ्रमणका सम्बन्धमा ।
३. विविध ।
कार्यक्रम:
मितिः २०७९ असार ०५ गते, आइतबार ।
समयः बिहान १०:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:
१. सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा ।