समितिको २०७९ साउन २ गते बस्ने बैठक सम्बन्धी सूचना ।


यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं ।
कार्यक्रम :–
   मिति : २०७९।०४।०२ गते साेमबार ।
   समय : बिहान ११ : ३० बजे ।
   स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।

छलफलको विषय :
  1. माराकश सन्धि सम्बन्धमा छलफल ।
  2. राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।
  3. लुम्बिनी प्रदेश अन्तर्गतका बाँके र बर्दिया जिल्लाको कारागार तथा बर्दियाको मधुवन घटना अनुगमन उपसमितिको प्रतिवेदन, २०७९ पेश।
  4.  विविध .
आमन्त्रण :
  • माननीय मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय ।
  • माननीय अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोग ।
  • सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय ।
  • रजिष्ट्रार, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय ।