मिति २०७९/०४/०२ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


       संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
 छलफलका विषय:
 १. निजगढ अन्तर्राष्‍ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगतिका सम्बन्धमा ।
२. यस समितिबाट तारागाउँ विकास समितिलाई दिइएका निर्देशन तथा सुझावहरु कार्यान्वयनका सम्बन्धमा ।
३. विविध । 
 कार्यक्रमः
मितिः २०७९ साउन ०२ गते, सोमबार ।
समयः दिउँसो ०१:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
            संघीय संसद सचिवालय, सिंहदरबार ।
आमन्त्रित:  
१. माननीय श्री जीवनराम श्रेष्‍ठ, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।
IRC 77th Meeting (2079-04-02).pdf