मिति २०७९/०४/११ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


          संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
 छलफलका विषय:
१. अमेरिकी राज्य साझेदारी कार्यक्रम (State Partnership Program) का सम्बन्धमा ।
२. भूतपूर्व सिंगापुर गोर्खाहरुको मुद्दाका सम्बन्धमा ।
३. विविध ।    
कार्यक्रमः
मितिः २०७९ साउन ११ गते, बुधबार । 
समयः दिउँसो ०१:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
            संघीय संसद सचिवालय, सिंहदरबार ।
 
IRC 79th Meeting (2079-04-11).pdf