मिति २०७९/०४/१२ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत गठित यस अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।
 छलफलका विषय:
१. भूतपूर्व सिंगापुर गोर्खाहरुको मुद्दाका सम्बन्धमा ।
२. विविध ।    
कार्यक्रमः
मितिः २०७९ साउन १२ गते, बिहीबार । 
समयः दिउँसो ०१:०० बजे ।
स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२),
            संघीय संसद सचिवालय, सिंहदरबार ।