समितिको २०७९ साउन १६ गते बस्ने बैठक सम्बन्धी सूचना ।


यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं ।
कार्यक्रम :–
   मिति : २०७९।०४।१६ गते साेमबार ।
   समय : बिहान १० : ३० बजे ।
   स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरबार ।

छलफलको विषय :
  1.  बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धि अन्तर्गत मानव बेचबिखन, खासगरी महिला र बालबालिकाको बेचबिखन तथा ओसारपसारको रोकथाम, दमन तथा सजाय गर्ने सम्बन्धमा व्यवस्था भएको पूरक आलेख (पालेर्मो प्रोटोकल) सम्बन्धमा छलफल ।
  2. विविध ।
आमन्त्रण :
  • माननीय मन्त्री, गृह मन्त्रालय ।
  • माननीय मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
  • सचिव (कानून), प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय ।
  • सचिव, गृह मन्त्रालय ।
  • सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ।