पुस्तक विमोचन कार्यक्रम ।


संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समिति गठन भएदेखि हालसम्म सम्पादित विधायिकी कार्य, निगरानी सम्बन्धी कार्य, उत्तरविधायिकी परीक्षणका कार्य, समितिका नियमित बैठकबाट नेपाल सरकारका विभिन्न मन्त्रालय तथा त्यस अन्तर्गतका निकायहरुलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था, मानव अधिकारको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा समितिले खेलेको भूमिका, कानून, न्याय तथा मानव अधिकारको क्षेत्रमा नेपालको संसदीय इतिहासमा भएको अभ्यास सम्बन्धी संक्षिप्त जानकारीका साथै यस क्षेत्रसँग सम्बद्ध विज्ञहरुका लेख लगायतका विषयहरु समेटेर समितिले तयार पारेको “संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि” नामक पुस्तकको सम्माननीय सभामुखज्यूको प्रमुख आतिथ्यमा देहायको मिति, समय र स्थानमा विमोचन कार्यक्रम रहेको छ ।
कार्यक्रम :–
मिति : २०७९।०४।३० गते सोमबार ।
समय : मध्यान्ह १२ ः ०० बजे ।
स्थान : काठ घर नं. २, कानून, न्याय तथा मानवअधिकार समिति सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरवार ।