समितिको २०७९ साउन ३० गते बस्ने बैठक सम्बन्धी सूचना ।


संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीयज्यूको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछाैं ।

कार्यक्रम :–
मिति : २०७९।०४।३० गते सोमबार ।
समय : दिउँसो १ : ०० बजे ।
स्थान : काठ घर नं. २, कानून, न्याय तथा मानवअधिकार समिति सभाकक्ष,
संघीय संसद सचिवालय, सिंहदरवार ।

छलफलको विषय :
  1. सुर्खेत, मुगु र जुम्ला जिल्लाको कारागार अनुगमन सम्बन्धी प्रतिवेदन, २०७८ माथि छलफल ।
  2. रौतहट र धनुषा जिल्लामा प्रहरी हिरासतमा मृत्यु भएका व्यक्तिको सम्बन्धमा स्थलगत अध्ययन भ्रमण प्रतिवेदन, २०७८ माथि छलफल ।
  3. मोरङ्ग, सुनसरी र इलाम जिल्लाको कारागार अनुगमन सम्बन्धी प्रतिवेदन, २०७९ माथि छलफल ।
  4. बाँके र बर्दियाको कारागार तथा बर्दियाको मधुवन घटना सम्बन्धी अनुगमन प्रतिवेदन, २०७९ माथि छलफल ।
  5. घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ को विधायनोत्तर परीक्षण प्रतिवेदन सम्बन्धमा छलफल ।
  6. विविध ।
आमन्त्रण :-
माननीय मन्त्रीज्यू, गृह मन्त्रालय ।
श्रीमान् सचिवज्यू, गृह मन्त्रालय ।
प्रहरी महानिरीक्षकज्यू, नेपाल प्रहरी ।
महानिर्देशकज्यू, कारागार व्यवस्थापन विभाग ।