समितिको पाँचौ बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अर्थ समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले माननीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ।
कार्यक्रम:
मिति: २०८०/०३/०५ गते, मङ्गलबार।
समय: बिहान ०८:०० बजे।
स्थान: समिति हल, भवन नं. १ (हल नं. ४०२), संघीय संसद सचिवालय।

कार्यसूची:
१. नयाँ धितोपत्र दलाल र धितोपत्र व्यापार अनुमतिपत्र प्रदान गर्दा अपनाएका प्रक्रिया र मापदण्ड बारे धितोपत्र बोर्डका पदाधिकारीहरु सँग छलफल,
२. विविध ।