२०८० असोज २४ गते बुधबार बस्ने समितिको १५ औ बैठकको सूचना ।
सूचना
महिला तथा सामाजिक मामिला समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यज्यूहरुको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
बैठकको कार्यसूची
- आ.व २०८०/८१ को समितिको बजेटमाथि छलफल,
- सविता नायकको उजुरी सम्बन्धमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफल,
- विविध।
बैठकको मिति, समय र स्थान
मिति: २०८०/०६/२४ गते बुधबार,
समय: बिहान ११:३० बजे,
स्थान: महिला तथा सामाजिक मामिला समितिको सभाकक्ष, सिंहदरबार ।