असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सभामुख सापकोटाको सम्बोधन


असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत  : सभामुख सापकोटा
१३ मंसिर, काठमाडौं

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताउनु भएको छ ।
 
गएराति स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता औंल्याउनु भएको हो ।

सम्बोधनका क्रममा सभामुख सापकोटाले भन्नुभयो ‘विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् । यी चुनौतिहरू रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।’

सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नु भयो । ‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन् ।’ उहाँले भन्नु भयो ‘नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।’  

सभामुख सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यबस्थापिका संघ आई पि यू को १४३ औं सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको थियो ।

आई पि यू सम्मेलनमा सहभागि हुन यहि मंसिर आठ गते स्पेन प्रस्थान गर्नु भएका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले असंलग्न आन्दोलनको सञ्जाल (नाम) म्याड्रिड बैठकमा गएराति गर्नु भएको सम्बोधनको पूर्णपाठको नेपाली भावानुवाद ।
.........................

महामहिम मेडम साहिबा गफारोवा,
महामहिमहरू,
महिला तथा सज्जनवृन्द,

सभामुख महोदयलाई असंलग्न आन्दोलनको संसदीय सञ्जाल (नाम) को बैठक आयोजना गर्नु भएकोमा बधाई दिएर आफ्नो भनाई सुरु गर्दछु । मैले संसद र अजरबैजान सरकारलाई आन्दोलनको उत्कृष्ट नेतृत्वको लागि हाम्रो निष्कपट  प्रशंसाको अभिलेखमा राखेको छु ।

सभामुख महोदय,

संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरू देख्दा नाम को सान्दर्भिकता आज पनि यथावत छ । विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् ।  

यी चुनौतिहरू रहँदासम्म नाम सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।
हस्तक्षेप नगर्नेलगायतका उद्देश्यका साथ नाम को स्थापना भएको हो । ‘ग्लोबल साउथ’का कुनै पनि देश र जनता विरुद्ध हुने सबै प्रकारको अन्यायपूर्ण र अनुचित व्यवहारको अन्त्य गर्ने लक्ष्य नाम हो । शीतयुद्धका कारण बढ्दो विभाजनको बीचमा हाम्रा नेताहरू सामूहिक हितको रक्षा गर्न दृढ भएर उभिए ।

सभामुख महोदय,

संसदले जनताको प्रतिनिधित्व गर्छ । जनताले सार्वभौमसत्ता जोगाउनका लागि संसदलाई आफ्नो जनादेश दिन्छन् । विधायिकी अधिकारमार्फत अन्तर्राष्ट्रिय दायित्वहरू प्रयोगमा आउँछन् । संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले नाम का सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास लिएको छु ।

नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन् । नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।
 

अन्त्यमा, म नाम ले समकालिन चुनौतिहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्ने कुरा दोहोर्याउन चाहन्छु । हामीले साझा लक्ष्य हासिल गर्न सामूहिक शक्ति निर्माण गर्नुपर्छ । म यी लक्ष्यहरू प्राप्त गर्न सहभागी प्रतिष्ठित प्रतिनिधिहरूसँग काम गर्ने मेरो प्रतिनिधिमण्डलको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्याउँछु  ।
तपाईंहरुलाई धन्यवाद ।
..............................................................................................................................

Statement by Right Honourable Speaker of the House of Representatives
of the Federal Parliament of Nepal at the Meeting of the Network of Non-  Aligned Movement (NAM) 
Madrid, 28 November 2021
 
Your Excellency Madam Sahiba Gafarova
Excellencies
Ladies and gentlemen,
 
I begin by congratulating you, Madam Speaker, for hosting the meeting of the Parliamentary Network of the Non-Aligned Movement (NAM). I put on record our sincere appreciation to the Parliament and the Government of Azerbaijan for their sterling leadership to the movement.
 
Madam Speaker,
 
NAM was created with the objectives of upholding the principles of UN Charter, supporting national independence, preserving sovereign equality and territorial integrity and ensuring non-interference in the internal affairs, among others.
 
NAM aimed at ending all kinds of unjust and unfair treatment against any country and peoples of the global South. Our leaders stood firm in protecting the collective interests in the midst of growing divide caused by the Cold War.
 
The relevance of NAM is still intact today, as we witness instances of threats to world peace, interference in domestic affairs, inequality and unfair treatment. The countries in the developing world continue to be deprived of a level playing field in economic, social and political domains.
 
Until these challenges remain, NAM Member States will continue to raise voice for peace, justice and development. Our Parliaments will continue to complement and encourage national efforts towards that end.
 
Madam Speaker,
Parliaments represent peoples. People entrust parliaments with their mandate to preserve sovereignty. It is through the legislative authority that international obligations come into effect. I believe the parliamentary solidarity and exchange of experiences will consolidate NAM principles and ideals.
 
In Nepal, non-alignment constitutes as one of the fundamental of our foreign policy. The five principles of peaceful co-existence, Panchasheel, are based on the teachings of Buddha, the immortal son of Nepal. Nepal’s Federal Parliament has been the custodian of democratic norms and values. People have pinned hope on the Parliament for the protection of their rights and enjoyment of development. The Parliament of Nepal is committed to enhancing understanding and cooperation and addressing the burning issues of our times.
 
In closing, I would like to reiterate that NAM must be able to address the contemporary challenges. We should build collective strength to achieve our
shared goals. I reaffirm firm commitment of my delegation to work with distinguished delegates towards achieving these goals.
I thank you.