प्रतिनिधि सभा बैठक २०७८ फागुन २९


आज बसेको संघीय संसद, प्रतिनिधि सभाको बैठकमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले गर्नु भएको रुलिङ
.......................................

माननीय सदस्यहरु,
सभामा विचाराधिन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको छ । विचाराधिन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्यसंचालनमा सहयोग गर्नु हामी सवैको दायीत्व हो । संसद अवरोधका कारण बिधि निर्माण प्रकृया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय  सदस्यहरुले मलाई पटक पटक ध्यानाकर्षण गराउनु भएको छ । संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई बिशेष अनुरोध गर्दछु ।  
२०७८ फागुन २९