सभामुख समक्ष संसदीय छानविन समितिको प्रतिवेदन पेश


मिति २०७९ जेठ १५ गते मा. अर्थ मन्त्रीद्वारा टेबुल भएको आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक, २०७९ मा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चारका माध्यमहरुमा आएको र सो विषयलाई लिएर सांसदहरुबाट समेत सदनमा कुरा उठाइएको सम्बन्धमा सत्य तथ्य छानविन गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानविन विशेष समितिका तर्फबाट मा. सभापति लक्ष्मणलाल कर्णले आज सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा समक्ष समितिले तयार गरेको प्रतिवेदन पेश गर्नु भएको छ ।
२०७९ साउन १३ गते शुक्रबार दिनको ३ बजे । शंकर हल, संघीय संसद भवन, नयाँबानेश्वर ।