माननीय इन्दिरा राना उपसभामुखमा निर्वाचित


प्रतिनिधि सभाको उपसभामुख पदमा माननीय इन्दिरा राना निर्वाचित हुनुभएको छ। २०७९ माघ ७ गते शनिवार प्रतिनिधि सभाको बैठकमा उहाँलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो भने एकजना सदस्य तटस्त बस्नुभएको थियो।
उपसभामुखमा माननीय इन्दिरा रानालाई उम्मेदवारको रूपमा  प्रतिनिधि सभा सदस्य माननीय सोविता गौतमले प्रस्ताव गर्नुभएको थियो भने उक्त प्रस्तावलाई माननीय कृष्णगोपाल श्रेष्ठ, माननीय नारायणी शर्मा र माननीय राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्नुभएको थियो।
उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो।