समितिको बैठक सम्बन्धी सूचना


                           सूचना

मिति:- २०७६/१०/२९

 संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएकोले समितिमा रहनुभएका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।

छलफलका विषयहरु

  1. समितिको वार्षिक कार्ययोजना  सम्बन्धमा ।

  2. अन्तर्राष्ट्रिय क्षेत्र हेर्ने डेस्क गठन सम्बन्धमा ।

  3.  विविध ।

 

बैठकको मिति, समय र स्थान

मितिः २०७६ फाल्गुन ०१ गते, विहिबार ।

समयः दिउँसो १:०० बजे ।

स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।