मिति २०७८/१०/११ गते बस्‍ने समितिको भर्चुअल बैठक सम्बन्धी सूचना


          संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायको विषयमा छलफल गर्न निम्न मिति र समयमा Microsoft Teams मार्फत भर्चुअल माध्यमबाट बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. कूटनीतिक नियुक्ति सम्बन्धमा ।
कार्यक्रम:
मितिः २०७८ माघ ११ गते, मङ्गलबार ।
समयः बिहान ११:०० बजे ।
आमन्त्रित: 
माननीय डा. नारायण खड्का, मन्त्री, परराष्ट्र मन्त्रालय ।
श्री भरतराज पौड्याल, सचिव, परराष्ट्र मन्त्रालय ।