मिति २०७८/ १२/१ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१.राष्ट्रिय सभा सदस्य मा.श्री दीनानाथ शर्मा, मा.श्री राधेश्याम अधिकारी र मा. श्री रामलखन चमारज्यू लाई समितिको तर्फवाट सम्मान एवं बिदाई कार्यक्रम ।
२.विविध ।
कार्यक्रमः
मितिः २०७८ चैत १ गते मंगलवार ।
समय : बिहान ११ ः३० बजे ।
स्थान: कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।