सम्पत्ति विवरण सम्बन्धी


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क. को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउन बाँकी हुनु हुने माननीय सदस्यज्यूले मिति २०७५ भाद्र २९ गते कार्यालय समय भित्र अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण भरी देहायका विवरणहरु खाम बाहिर उल्लेख गर्नु भइ यस सचिवालयमा दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ । 
सम्पत्ति विवरणको फारम सांसद सुविधा व्यवस्थापन शाखामा साथै संघिय संसदको वेभसाईट http://www.parliament.gov.np मा पनि उपलव्ध छ ।

 

आ.व. ०७४/०७५ को सम्पत्ति विवरण 

नाम, थरः
पदः
जिल्लाः
मोवाइल नंः
इमेलः