पुष्पलाल(मध्यपहाडी) लोकमार्गको पश्चिम खण्डको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न






पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पश्चिम खण्डको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रम मिति २०७७ चैत २५ गतेदेखि ३० गतेसम्म
संघीय संसद, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका माननीय सभापति कल्याणी कुमारी खड्काको संयोजकत्वमा माननीय सदस्यहरु सहितको संसदीय टोलीद्वारा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पश्चिम खण्डको स्थलगत अनुगमन कार्य सम्पन्‍न भयो । अनुगमनको क्रममा दैलेखको बुर्तिबाङ, जाजरकोटको खलङ्गा, दैलेखको नारायण नगरपालिका र अछामको मंगलसेनमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भयो ।अन्तरक्रिया कार्यक्रममा सम्बन्धित क्षेत्रका संघीय सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख, सम्बन्धित स्थानीय तहका प्रमुखहरु, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आयोजना प्रमुख तथा सम्बद्ध पदाधिकारीहरु, सम्बन्धित जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु, सरोकारवाला वर्ग, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय पत्रकारहरु र सम्बन्धित सडक कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा समितिका देहायका माननीय सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

क्र.स नाम/थर पद
मा.कल्याणीकुमारी खड्का सभापति
मा.टेक बहादुर बस्नेत सदस्य
मा.यज्ञराज सुनुवार सदस्य
मा.विना कुमारी श्रेष्ठ सदस्य
कर्मचारीहरु:
१ श्री दिपाकुमारी दुलाल – शाखा अधिकृत
२ श्री समिर गौतम – नायब सुब्बा