प्रतिनिधि सभा अधिवेशन २०७८ वैशाख २७


नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनको लागि नेपालको संविधानको धारा ९३ को उपधारा १ अनुरुप आव्हान भएको प्रतिनिधि सभाको अधिवेशन आज प्रारम्भ भई आजै अन्त्य भएको छ ।
प्रधानमन्त्रीमाथि सभाको विश्वास छ वा छैन भन्ने प्रश्न निर्णयार्थ बैठकमा प्रस्तुत गरि सदस्यहरुको दस्तखत सहितको मत विभाजनद्वारा निर्णय लिदा प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य २७१ मध्ये २३२ जना सभाको बैठकमा उपस्थिति रहनु भएको थियो । उपस्थित सदस्य मध्ये ९३ जना सदस्यले विश्वासको पक्षमा र १२४ जनाले विपक्षमा मत दिनु भएको र १५ जनाले विश्वासको पक्ष वा विपक्ष कुनै पक्षमा पनि मत दिनु भएन ।
आजै सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई सभाको निर्णय पत्रमार्फत जानकारी गराउनु भएको थियो ।
२०७८ वैशाख २७