कार्यव्यवस्था परामर्श समिति बैठक


सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद, प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज विहान सिंहदरबारस्थित संसद सचिवालयमा बस्यो ।
बैठकमा प्रतिनिधि सभाको आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने र दोस्रो बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने विषयमा छलफल भयो ।
२०७८ साउन ३