मिति २०७८/०९/०२गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. नेपालको संविधानमा व्यवस्थित सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति ( मुक्त कमैया, कम्हलरी, हरवा, चरवा, हलिया र भूमिहीनहरुको सम्वन्धमा नेपाल सरकारले गरेको घोषणा,सम्झौताको कार्यान्वयनको नीतिगत अवस्था) सम्वन्धमा समसामयिक छलफल ।  कार्यक्रमः
मितिः २०७८ पौष २ गते शुक्रवार । ।
समय : विहान ११ः००बजे ।
स्थान: कानून ,न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।